शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार, १२ पुस २०८०, १० : ५८
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । महासंघका अनुसार हिजोको तुलनामा आज २०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ७०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार १०० रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो तोलामा १४ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ । यो तोलामा १० रुपैयाँको गिरावट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप