पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एमालेको निर्देशन
काठमाडौँ । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पुस १० गते पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार पुस १८ गते बेलुकासम्म सबै प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरेर पठाएमा १९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु हुने र उम्मेदवारको टुङ्गो लाग्ने बताए ।
‘सिफारिस आएपछि छानबिन हुन्छ र उम्मेदवार केन्द्रले टुङ्गो लगाउँछ’, अधिकारीको भनाइ छ । निर्वाचन आयोगले पुस २३ गते मनोनयनको समय तोकेको छ । आगामी माघ ११ गते १९ राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा हाल रहेका १७ मध्ये एमालेकामात्र ९ सांसदको पदावधि सकिँदै छ ।
राष्ट्रिय सभामा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि फागुन २० बाट सकिँदै छ । पदावधि सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले माघ ११ मा निर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा सत्ता गठबन्धन मिलेर निर्वाचन लड्ने घोषणा गरिसकेकाले अहिलेकै अवस्थामा एमालेले १९ मध्ये एउटै सिट पनि नपाउने स्थिति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण