बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

कुमारको ‘सिउँंडीको काँडै'मा बिना र निक्सको अभिनय

बिहीबार, १२ पुस २०८०, १२ : ५६
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । गीतकार कुमार शिवाकोटीको नयाँ गीत ‘सिउँडीको काँडैमा’ सार्वजनिक भएको छ । गायक रमेश कँडेलको स्वर रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।

डान्सिङ शैलीको गीतको भिडियोमा मोडल बिना राउत र निक्स शर्माको अभिनय छ । भिडियोमा एक जोडीको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ । 

प्रहील कार्कीको निर्देशन रहेको भिडियो यशना लुइँटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटीले मिलेर बनाएका हुन् । जन्मभूमि इन्टरटेनमेन्ट मार्फत बजारमा आएको गीतकार कुमार शिवाकोटीले राम्रो आस गरेका छन् ।

शिवाकोटीका यस अघि ‘भिझाएर आँसु’, ‘पिरतीको खेल’, ‘प्रियसी’लगायतका गीतले बजार तताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप