‘मुन्नाभाई एमबीबीएस’ शाहरुखको हातबाट कसरी उम्कियो ?
नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खानले निर्देशक राजकुमार हिरानीसँग पहिलोपटक डंकीमा काम गरेका छन् । अहिले यो फिल्म हलमा चलिरहेको छ । तर यसअघि नै हिरानीले किंग खानलाई मुन्नाभाई एमबीबीएस र थ्री इडिएट्सजस्ता फिल्म पनि अफर गरेका थिए ।
हालै साउदी अरबको एमबीसी ग्रुपसँगको एउटा अन्तर्वार्तामा शाहरुखले हिरानी र आफ्नो सम्बन्धबारे बताएका थिए । मुन्नाभाईका लागि शाहरुख हिरानीको फस्ट च्वाइस थिए । फिल्मको स्क्रिप्ट नै नसुनी उनले हुन्छ भनेका थिए । शाहरुख र हिरानी पुराना साथी थिए ।
हिरानीले एडिटरको रुपमा काम गरिरहेको बेलामा फिल्मको स्क्रिप्ट लेखेका थिए । देवदासमा मृत्युको दृश्य सूट गरिरहेका बेलामा हिरानीले आएर मसँग एउटा स्क्रिप्ट छ भनेर भनेका थिए ।
यो आफूले खेल्ने अर्को फिल्म हुने भनेर शाहरुखले भनेका पनि थिए । शाहरुखले स्क्रिप्ट नै नसुनिकन फिल्मका लागि हुन्छ भनेपछि हिरानी छक्क परेका थिए । शाहरुखलाई भने फिल्मको टाइटल ‘मुन्नाभाई एमबीबीएस’ एकदम मन परेको थियो ।
देवदास सकिएपछि शाहरुख र राजकुमारले यो फिल्ममा ६÷७ महिना काम पनि गरे । तर एकदिन अचानक शाहरुखलाई चोट लाग्यो, स्पाइन इन्जरी भयो । आफू कहिलेसम्म निको हुन्छु भन्ने उनलाई थाहै थिएन । अनि फिल्म उनको हातबाट उछिट्टिएर सञ्जय दत्तको पोल्टामा पुग्यो ।
यो फिल्मबाट सञ्जयले नसोचेको सफलता हात पारे । डुब्नै लागेको करियरले नयाँ दिशा पायो । शाहरुखले समय अभावकै कारण थ्री इडिएट्समा पनि खेल्न पाएनन् । फिल्ममा खेल्न उनी तयार थिए । हिरानीसँग मिलेर उनले फिल्मको स्क्रिप्ट र कास्टिङमा काम पनि गरिसकेका थिए ।
तर समय मिलेन हिरानी फिल्मलाई पछाडि धकेल्न चाहदैंन थिए । अन्ततः शाहरुखको हातबाट यो ब्लकबष्टर फिल्म पनि छुट्यो । आमिर खानले यो फिल्ममा खेले । यो उनको करियरको सबैभन्दा हिट फिल्ममध्ये एक भयो ।
डंकीमा हिरानी र शाहरुखले पहिलो पटक सँगै काम गरेका हुन् । फिल्मले भारतमा १४५ करोड भारुको व्यापार गरेको छ भने विश्वभर यसको कमाई २८३ करोड भारु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण