नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । अघिल्लो नेप्से सूचक १७ अंकले घट्दै २०७० अंकमा अडिएको थियो ।
आज उक्त अंकमा जम्मा १.९३ अंकको मात्र गिरावट हुँदै २०६८.९० अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज कारोबार रकममा समेत केही गिरावट आउँदै ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
१७ अंकले नेप्से सूचक घटेको अघिल्लो दिन ५ अर्ब २४ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज होटल तथा पर्यटन समूह, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य सूचक समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।
आज भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ९ वटा कम्पनीको मूल्य ८ प्रतिशत माथिले बढेका छन् । यता धौलागिरी लघुवित्त वित्तीय संस्था र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने समान १० प्रतिशतले घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण