शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आगोले जलेर शिशुको मृत्यु

बिहीबार, १२ पुस २०८०, १५ : ५३
बिहीबार, १२ पुस २०८०

खलङ्गा । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उहाँका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयले आगो निभाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप