काठमाडौँमा हरेक दिन २५ वटा मोटरसाइकल र स्कुटर दुर्घटना
काठमाडौँ । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै दुर्घटना हुने सवारी साधनमा पर्छ, मोटरसाइकल र स्कुटर । काठमाडौँ, भक्तपुर र ललितपुरमा २०८० साउन पछि झन्डै ४ हजार दुईपाङ्ग्रे सवारीसाधन दुर्घटना भएको छ । पाँच महिनाको तथ्याङ्कले उपत्यकामा हरेक दिन औसतमा २५ वटा मोटरसाइकल र स्कुटर दुर्घटना हुने गरेको देखाउँछ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार साउनयता ३ हजार ८ सय ३४ मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् । उपत्यकामा सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी दुर्घटना हुने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।
पछिल्लो ५ महिनामा उपत्यकामा दुर्घटनामा परेर ७० जनाले ज्यान गुमाएका छन् । धेरै दुर्घटना हुने सवारीसाधन मध्ये दोस्रो नम्बरमा पर्छ, कार, भ्यान र जिप । चालु आर्थिक वर्षमा उपत्यकामा ३ हजार ३८ वटा कार, भ्यान र जिप दुर्घटना भएको छ । सार्वजनिक सवारी साधन मध्येमा माइक्रो भन्दा बस दुर्घटना धेरै हुने गरेको छ । साउनदेखि हालसम्म ८ सय ७४ बस र १४६ वटा माइक्रो दुर्घटनामा परेका छन् । ट्रक, टिपर र जेसीबी दुर्घटना पछिल्लो ५ महिनामा ५१९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा साना–ठुला करिब १४ लाख सवारी साधन चल्ने आकलन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्ट भन्छन्–‘बागमतीमा १८ लाख सवारीसाधन दर्ता छन्, तीमध्ये करिब १४ लाख उपत्यकामा चल्ने हाम्रो आङ्कलन छ ।’
काठमाडौँ उपत्यकामा चल्ने कुल सवारीको ८० प्रतिशत मोटरसाइकल र स्कुटर चल्छन् । आर्थिक वर्ष २०७७–०७८ मा ७ हजार ९ सय ४५ वटा दुईपाङ्ग्रे सवारी दुर्घटना भएको थियो । तर, त्यसपछिका दुईवटा आर्थिक वर्षमा दुर्घटनाको दर अझै बढेको देखिन्छ । पछिल्ला ३ आर्थिक वर्षको तुलना गर्दा टिपर, ट्रक र जेसीबी दुर्घटना चाहिँ आर्थिक वर्ष २०७९–०८० मा घटेको देखिन्छ ।
दुर्घटनामा संलग्न सवारी–साधन

साउनपछि ७० जनाको मृत्यु
आर्थिक वर्ष २०७७–०७८ मा उपत्यकामा सवारी दुर्घटनाको कारण १ सय ६६ जनाको मृत्यु भएको थियो । २०७८–०७९ मा १९१ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–०८० मा १८७ जनाको मृत्यु भएको थियो । २०८० साउन देखि अहिलेसम्म ७० जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षमा १२४ जना गम्भीर घाइते भएका छन् ।
आर्थिक वर्ष २०७७–०७८मा २ सय २९ जना गम्भीर घाइते भएका थिए । २०७८–०७९ मा २५७ जना र आर्थिक वर्ष २०७९–०८० मा २६१ जना गम्भीर घाइते भएको एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण