कांग्रेस केन्द्रीय समिति बैठक
सानेपामा सहकर्मीहरूसँग बालकृष्ण खाँणको भलाकुसारी (तस्बिरहरू)
शुक्रबार, १३ पुस २०८०, १५ : ००

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि नेता बालकृष्ण खाँण आज पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । बैठक स्थलमा नेता खाँण सहकर्मीसँगको भलाकुसारीमा व्यस्त रहे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी मङ्सिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् ।
बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका हुन्। नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन