सिप बिल्डिङका १८ जनाले ईपीएसका लागि भरे फाराम, अरू सडकमा
_RgsYq2Zqt0.jpg)
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि थप १८ जनाले आवेदन फाराम भरेका छन् । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएका सुरज पाठकसहितका १८ जनाले आवेदन फाराम भरेका हुन् ।
उनीहरूले आज बिहान ईपीएस कोरिया शाखा कार्यालयमा आएर फाराम भरेर गएका हुन् । कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले उनीहरूले आवश्यक कागजातसहित कार्यालयमा आएर फाराम बुझाएर गइसकेको बताए ।
सिप बिल्डिङका लागि आवेदन दिएकाहरूलाई हाल खुलेको उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । त्यसका विरुद्धमा पाठकसहित १८ जनाले अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्दै उनीहरूलाई आवेदन फाराम भर्न दिनु र प्रक्रियामा सहभागी गराउनु भनेको थियो । सोही आधारमा उनीहरूलाई आवेदन फाराम भर्ने प्रक्रियामा सहभागी गराइएको निर्देशक सुवेदीले बताए ।
उनीहरूसँगै सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका २८ हजार भन्दा बढीले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाएनन् । उनीहरू यति बेला कार्यालय र बालकुमारी सडक खण्डमा आन्दोलनमा छन् । उनीहरूले आफूहरूले समेत आवेदन फाराम भर्न पाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरुको आन्दोलनका कारण ग्वार्को क्षेत्र तनावग्रस्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी
-
अमेरिकामा घरमाथि प्लेन खस्यो
-
आतंकवादी हमलाको योजना बनाएको आरोपमा बेलायतमा ८ जना पक्राउ
-
लेखा समितिले भ्रष्टाचारलाई सहजीकरण गर्यो : सांसद सिंह
-
यी तीन चिजको सेवनले पुर्याउँछ मस्तिष्कमा क्षति
-
अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो