दोस्रो टेस्टमा पनि अस्ट्रेलियाले पाकिस्तानलाई हरायो
काठमाडौँ । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पनि घरेलु टोली अस्ट्रेलिया विजयी भएको छ । मेलबर्नमा सम्पन्न दोस्रो टेस्टको चौथो दिन शुक्रबार अस्ट्रेलियाले पाकिस्तानलाई ७९ रनले पराजित गरेको हो । जितसँगै अस्ट्रेलियाले तीन टेस्टको शृंखलामा २—० को अग्रता लिएको छ ।
तीन सय १७ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको भ्रमणकारी टोली पाकिस्तानले ६७.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३७ रनमात्र बनाउन सक्यो । दोस्रो पालीमा पाकिस्तानका लागि दुई ब्याट्सम्यानले मात्र अर्धशतक बनाउन सके ।
कप्तान सान मसुदले ६० रन बनाए । आघा सलमानले ५० रन जोडे । बाबर आजमले पनि टोलीको खातामा ४१ रन थपे । दोस्रो पालीमा अस्ट्रेलियन टोलीका बलर प्याट कमिन्सले पाँच विकेट लिए । मिचेल स्टार्कले पनि चार विकेट हात पारे । अर्को एक विकेट जोस हेजलउडले लिए ।
त्यसअघि अस्ट्रेलियाले दोस्रो पालीमा दुई सय ६२ रन बनाएको थियो । दोस्रो पालीमा अस्ट्रेलियाका लागि मिचेल मार्सले ९६, एलेक्स केरीले ५३ र स्टिभन स्मिथले ५० रन बनाएका थिए । दोस्रो पालीमा पाकिस्तानी बलर साहिन शाह अफरिदी र मिर हमजाले चार–चार विकेट लिएका थिए । आमेर जमालले पनि दुई विकेट हात पारेका थिए ।
दोस्रो टेस्टमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो पालीमा भने तीन सय १८ रन जोडेको थियो । पहिलो पालीमा अस्ट्रेलियाका लागि मार्नस लाम्बुसेनले ६३, उसमान ख्वाजाले ४२, मिचेल मार्सले ४१ र डेभिड वार्नरले ३८ रन बनाएका थिए ।
पहिलो पालीमा पाकिस्तानी बलर आमेर जमालले तीन तथा हसन अली, मिर हमजा र साहिन शाह अफरिदीले दुई–दुई विकेट लिएका थिए । आघा सलमानले पनि एक विकेट हात पारेका थिए । पाकिस्तानी टोली भने पहिलो पालीमा दुई सय ६४ रनमा अलआउट भएको थियो ।
पाकिस्तानका लागि पहिलो पालीमा अब्दुल्लाह सफिकले ६२, कप्तान सान मसुदले ५४ र मोहम्मद रिजवानले ४२ रन बनाएका थिए । पहिलो पालीमा अस्ट्रेलियन टोलीका बलर प्याट कमिन्सले पाँच र नाथन लियोनले चार विकेट लिएका थिए । जोस हेजलउडले पनि एक विकेट हात पारेका थिए । दोस्रो टेस्टमा अस्ट्रेलियाका प्याट कमिन्स प्लेयर अफ दी म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण