प्रहरीले बल प्रयोग गरेपछि भड्किन पुग्याे आन्दोलन
काठमाडौँ । ग्वार्कोस्थित ईपीएस कार्यालयले १८ जनालाई आज बोलाएको थियो । एक सार्वजनिक सूचना जारी गर्दै सुरज पाठकसहित १८ जना बिहान १० बजे नै कार्यालयमा पुगिसकेका थिए । उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशअनुसार नै कार्यालयले उनीहरूलाई शाखा कार्यालयमा आवेदन दिन बोलाएको थियो ।
आवश्यक कागजातसहित उनीहरू पुगे र आवेदनका लागि निवेदन दिइसकेका थिए । त्यही बेला कार्यालय बाहिर मानिसहरूको बाक्लो भीड लागिरहेको थियो । बाहिरको भीड पनि त्यही १८ जनामध्येकै थिए । सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक
क्षेत्रमा आवेदन दिन नपाउने भन्ने थियो । त्यसका विरुद्धमा अदालत गएर १८ जनाले अन्तरिम आदेश पाएर आवेदन दिन पाए । तर, अन्यले नपाएपछि बाहिरको भीड आक्रोशित बन्दै गयो । कार्यालय परिसरमा भीड निकै बढेपछि सुरक्षा उपस्थिति पनि थपिँदै गयो । ईपीएस कार्यालयका निर्देशन गुरूदत्त सुवेदीले उनीहरू बाहिर शान्तिपूर्ण विरोध प्रदर्शनमा आएकाले बल प्रयोग गर्न प्रहरीसँग अनुरोध गरेका थिए ।
त्यही आधारमा केही समयसम्म सामान्य धकेलाधकेलको अवस्था थियो । त्यहीबीचमा प्रहरीले भीडमाथि बल प्रयोग गरिदियो । र उनीहरू थप आक्रोशित बने । र बालकुमारीको मुख्य सडकतर्फ लागे । जहाँ उनीहरूको आन्दोलन भड्किलो बन्न पुग्यो ।
‘प्रहरीलाई बल प्रयोग नगरिदिनुहोला भनेर अनुरोध गरेको थिए । गृहमन्त्रालयमा समेत यो विषयमा जानकारी गराएका थिए । तर, प्रहरीले लाठ्ठी चार्ज गरेपछि उनीहरू आक्रोशित बन्न पुगेछन्’ निर्देशक सुवेदीले भने ।
निर्देशक सुवेदी त्यही विषयमा छलफल गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गएका थिए । उनी मन्त्रालयमा भएको समय उता कार्यालयमा भने आन्दोलनकारीले भौतिक पूर्वाधार मन्त्रीको गाडी नै जलाइदिए । प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित बनेका उनीहरूले मन्त्रीकै गाडीमा आगजानी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण