लुम्बिनी प्रादेशिक अस्पतालमा बालबालिका मैत्री बनाउन उद्यान निर्माण
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरूलाई शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ ।
बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गर्न मानसिक रूपमा स्फूर्त तथा स्वास्थ्य उपचारबारे सकारात्मक सन्देश दिने खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले बताए ।
अस्पतालको बाल रोग तथा प्रसूति विभाग कक्ष अगाडि बगैँचा निर्माण गरी उनीहरुलाई खेल–खेली स्वास्थ्य सेवा लिने व्यवस्थाको सुरुवात गरिएको हो ।
अस्पतालका बाल रोग विशेषज्ञ नेत्र रानाका अनुसार पछिल्लो समय बालरोग उपचार तथा परामर्शका लागि आउनेको सङ्ख्यामा वृद्धि भएको छ । बाल रोग उपचारलाई विशिष्टकृत गरी अघि बढाउने योजना अनुसार सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने अभियानमा आफूहरु रहेको उनले बताए ।
बाल रोग विभागका प्रमुख डा. किरणमणी पौडेलले बालबालिकाहरु शुष्म मस्तिष्का कुनै पनि नकारात्मक प्रभाव र डर त्रास बिनानै उपचार सेवा उपलब्ध गराउन उद्यान सहयोगी हुने बताए । अस्पतालमा बाल रोग उपचारका लागि १२ वटा एनआइसियू, १५ वटा नर्सरी तथा ३० सामान्य उपचार कक्ष रहेका छन् । एक महिनाभित्र थप ६ बेडको पीआईसियू सञ्चालनमा ल्याउने तयारी रहेको अस्पतालले जनाएको छ । अस्पतालमा यसअघिनै प्रसूति तथा बालरोग उपचारका लागि छुट्टै नमुना संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण