बालकुमारी घटना
बालकुमारी घटनाको एमालेद्वारा भर्त्सना, वैधानिक बाटोबाट समस्याको समाधान खोज्न अपिल
शुक्रबार, १३ पुस २०८०, १८ : ५२
काठमाडौँ । नेकपा एमालेले बालकुमारीमा भएको घटनाका भर्त्सना गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गरेका हुन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबिच झडपमा दुई जना युवाको मृत्यु भएको थियो ।
सो घटनाको दुःख व्यक्त गर्दै एमालेले परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारसँग माग गरेको छ । यस्तै एमालेले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न अपिल पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण