शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् एकीकृत समाजवादीले पारित गरेका २० प्रस्ताव (पूर्णपाठसहित)

शुक्रबार, १३ पुस २०८०, १९ : ५५
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । तीन दिनसम्म चलेर शुक्रबार सम्पन्न नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक २० प्रस्ताव पारित गरेको छ ।

पार्टी विधान संशोधन मस्यौदामाथिको छलफल र सुझाव संकलनका लागि बोलाएको बैठकमा विधान संशोधनका विषयमा ११ प्रश्नको जवाफ खोजिएको थियो । बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले विधानबारे आएका सुझावलाई केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरिने र आगामी जेठमा हुने राष्ट्रिय सम्मेलनबाट विधान अनुमोदन गर्ने जानकारी दिए ।

साथै, बैठकले २० बुँदे समसामयिक प्रस्ताव पारित गर्दै विभिन्न विषयमा सरकारकारको ध्यानाकर्षण गराएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारको प्रतिवाद गर्न अग्रगामी शक्तिको ध्यानाकर्षण गराएको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा गरेको सम्बोधनप्रति गम्भीर समीक्षा गर्दै एक वर्षभित्र सरकारले केही राम्रा प्रयासहरु गरेको देखिएको भएता पनि जनताको दैनिक जीवनका समस्याहरुलाई स्पर्श गर्ने, सुशासनको प्रत्याभूति दिने दिशामा अझ धेरै कामहरु हुन बाँकी रहेको देखिएको जनाएको छ ।  

‘हाम्रो पार्टी परिणाममुखी कार्य गर्नका लागि भूमिका निर्वाह गर्न अग्रसर हुन सरकारलाई आह्वान गर्दछ र प्रधानमन्त्रीले अब उप्रान्त नयाँ गतिका साथ लोकतन्त्रको सुदृढीकरण गर्दै जनमुखी दिशामा सरकार संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोमा स्वागत गर्दछ’, एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ ।

देशमा निर्बाध रुपमा बढिरहेको मूल्यवृद्धि र महँगीले जनताको दैनिक जीवन धेरैनै कष्टकर बनेको र नियन्त्रणका लागि सरकार प्रभावकारी नदेखिएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि सो पार्टीले जनाएको छ । ‘यो बैठक नेपाल सरकारलाई तत्काल महँगी, कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न विशेष कार्ययोजनाका साथ प्रस्तुत हुन माग गर्दछ’, पारित प्रस्तावमा भनिएको छ । बैठकले नेपालको प्राकृतिक सोतको उपयोग गर्ने विषयमा भएका आजसम्मको सम्झौता तथा समझदारीहरु के कति छन् र  कस्ता कस्ता सर्तहरुमा गरिएका छन् भनेर सरकारसँग जवाफ माग्दै त्यसबारे एकमुष्ट रुपमा नेपाली जनतालाई सुसूचित गर्नेगरी सत्यतथ्यको विवरण नेपाली जनतासमक्ष जारी गर्न सरकारसँग माग गरेको छ ।

यस्ता छन् पारित २० प्रस्ताव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप