सन्दीप लामिछानेले थुना बाहिरै रहेर पुनरावेदन गर्न सक्ने
काठमाडौँ । जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन् ।
जबरजस्ती करणीको कसुरमा लामिछाने दोषी ठहर भएपनि जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण लामिछानेलाई अधिकतम १० वर्ष कैद सजाय हुने र सो बापत हुनसक्ने अधिकतम जरिवाना र कैदवापतको रकम पनि धरौटीमा रहेको कारण उनी थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका हुन् ।


मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १, २ क र उपदफा ३ङ अनुसारको कसुर गरेको कारण लामिछानेलाई ७ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्छ ।
त्यस्तै लामिछानेलाई ३ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार कैदमा नबसी कैद किन्ने सुविधा अन्तर्गत प्रतिदिन ३ सय रुपैयाँका दरले किन्न पाउनेछन् । यद्यपि सो व्यवस्था एक वर्षभन्दा कम कैद सजाय हुनसक्ने व्यक्तिका लागि मात्रै भएपनि कैदवापतको रकम भुक्तानीको गणना गर्दा सोही बमोजिम प्रतिदिन ३ सय रुपैयाँका दरले गणना गरिन्छ ।
सोही आधारमा हेर्दा सन्दीपलाई हुनसक्ने अधिकतम सजाय अर्थात् १० वर्षलाई ३ सय ६५ दिनले गुणा गर्दा कुल ३ हजार ६ सय ५० दिन हुन आउँछ । अधिकतम ३ हजार ६ सय ५० दिन कैदमा बस्नुपर्दा प्रतिदिन ३ सय रुपैयाँका दरले कैदवापतको रकम भुक्तानी हुँदा लामिछानेले अधिकतम १० लाख ९५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
त्यसबाहेक जरिवाना बापत अधिकतम ३ लाख रुपैयाँ हुँदा कुल १३ लाख ९५ हजार रुपैयाँ धरौट राख्नुपर्ने हुनसक्छ । त्यसबाहेक पीडितलाई क्षतिपूर्ति भराउने सम्बन्धमा अदालतले गर्ने फैसला अनुसार हुने हुँदा सोही रकममा थप हुन्छ ।
यसअघि लामिछानेले उच्च अदालत पाटनको आदेश अनुसार २० लाख रुपैयाँ धरौटी राखिसकेकाले सो रकमले धानेसम्म सोही रकम र सो रकमले नधानेको अवस्थामा थप धरौटी लिई थुनाबाहिरै रहेर पुनरावेदन गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण