गौशाला २६ साबालिग रहेको अदालतको ठहर

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरी साबालिग रहेको ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार फैसला सुनाउँदै जाहेरवाली साबालिग रहेपनि बलात्कार भएको ठहर गरेको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले मिसिलसाथ प्राप्त कागजातको आधारमा जाहेरवाली गौशाला २६ को जन्म २०६१ असार १८ गते भएको ठहर गरेको हो । उक्त मितिलाई जन्मेको दिन मान्दा वारदात भएको मिति २०७९ भदौ ५ गते जाहेरवालीको उमेर १८ वर्ष २ महिना पुगेको ठहर्छ ।
जाहेरवालीको उमेर पुगेको भएपनि गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाई क्रिकेटर सन्दीप लामिछानेले करणी गरेको भन्दै त्यसलाई सहमतिको करणी मान्न नसकिने अदालतको ठहर छ । अदालतले करणी लेनदेन भएको ठहर गरेपनि आर्थिक अवस्था लगायत अन्य अवस्थाको फाइदा उठाएर करणी गरेको कारण त्यसलाई जबरजस्ती करणी मानेको छ ।
उमेर पुगेको भएपनि जबरजस्ती करणी भएकाले सन्दीपलाई ७ देखि १० वर्षसम्मको कैद हुने भएकाले सजाय निर्धारणका लागि आगामी पुस २५ गतेको पेशी तोकिएको पनि संक्षिप्त फैसलामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै संयोग जुर्दैछ मुम्बई इन्डियन्ससँग, उत्साही छन् समर्थक
-
नागार्जुनमा बनाइएको बद्री नारायण धामको प्राणप्रतिष्ठाका अवसरमा कलश यात्रा (तस्बिरहरु)
-
कीर्तिपुर र सामाखुसीबिच बास्केटबल लिगको उद्घाटन खेल
-
पाकिस्तानले बन्द गर्यो एफएम रेडियोमा भारतीय गीत प्रसारण बन्द
-
राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए, नयाँ जिम्मेवारी दिए
-
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु