गौशाला २६ साबालिग रहेको अदालतको ठहर
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरी साबालिग रहेको ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार फैसला सुनाउँदै जाहेरवाली साबालिग रहेपनि बलात्कार भएको ठहर गरेको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले मिसिलसाथ प्राप्त कागजातको आधारमा जाहेरवाली गौशाला २६ को जन्म २०६१ असार १८ गते भएको ठहर गरेको हो । उक्त मितिलाई जन्मेको दिन मान्दा वारदात भएको मिति २०७९ भदौ ५ गते जाहेरवालीको उमेर १८ वर्ष २ महिना पुगेको ठहर्छ ।
जाहेरवालीको उमेर पुगेको भएपनि गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाई क्रिकेटर सन्दीप लामिछानेले करणी गरेको भन्दै त्यसलाई सहमतिको करणी मान्न नसकिने अदालतको ठहर छ । अदालतले करणी लेनदेन भएको ठहर गरेपनि आर्थिक अवस्था लगायत अन्य अवस्थाको फाइदा उठाएर करणी गरेको कारण त्यसलाई जबरजस्ती करणी मानेको छ ।
उमेर पुगेको भएपनि जबरजस्ती करणी भएकाले सन्दीपलाई ७ देखि १० वर्षसम्मको कैद हुने भएकाले सजाय निर्धारणका लागि आगामी पुस २५ गतेको पेशी तोकिएको पनि संक्षिप्त फैसलामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण