बालकुमारी घटनाको छानबिन छिटो र प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
शुक्रबार, १३ पुस २०८०, २१ : ११
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको छानबिन छिटो र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आएका दुई जना युवाले शुक्रबार ज्यान गुमाएका थिए । सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन समेत गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सो घटनाको छानबिन छिटो र प्रभावकारी बनाउन विशेष निर्देशन दिएका हुन् । उनले भनेका छन्,‘आज दिउँसो बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनामा २ जना युवाको मृत्यु भएकोप्रति गहिरो दुख व्यक्त गर्दछु । घटनाको सत्यतथ्य छानबिनको लागि समिति गठन भइसकेको छ । छानबिनको काम छिटो र प्रभावकारी बनाउन विशेष निर्देशन गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण