अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित
बाँके । दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।
चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा हरेक दिन बिहान दुई घण्टा शीतलहर चल्न थालेको छ । “बिहानैदेखिको हुस्सुले अत्यधिक चिसो भएको छ,” नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, “निरन्तरको चिसोले गर्दा घरभन्दा बाहिर निस्किने सकिएको छैन ।” यहाँका मान्छेहरू अत्यावश्यक काममा बाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।
अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले गर्दा काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, “काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।”
दैनिक ज्यालादारी काम गर्न पहाड़ तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण भर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडियाले बताए । आगो बालेर यहाँका नागरिकले चिसो भगाउने प्रयास गरेका छन् । “घरभन्दा बाहिर जान सक्ने अवस्था भएन,” उनले भने, “त्यसैले घरमा आगो तापेर बसेको छु ।”
चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् ।
भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा. संकेत रिसालले बताए ।
चिसोले गर्दा बालबालिका, दीर्घरोगीलाई समस्या भएको छ । केही दिनअघि बिहान बाक्लो हुस्सु लाग्ने गरेको भए पनि दिउँसो मौसम सफा हुँदै गएको थियो, तर दुई दिनदेखि निरन्तर घाम नलागेपछि चिसो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण