कृषि मन्त्रालयको तथ्याङ्क : नेपालमा आवश्यकताभन्दा धेरै मासु उत्पादन भयो
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालको आवश्यकताभन्दा बढी मासु उत्पादन भएको बताएको छ ।
संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिलाई मन्त्रालयले वितरण गरेको पशुजन्य उत्पादनको आंकडा अनुसार नेपालका लागि वार्षिक न्यूनतम ३ लाख ७९ हजार मेट्रिकटन मासु आवश्यक पर्ने भएपनि हाल ५ लाख ५ हजार मेट्रिकटन मासु उत्पादन भएको मन्त्रालयले जनाएको हो । यो परिणाम आर्थिक बर्ष २०७९–८० मा उत्पादन भएको मन्त्रालयको भनाई छ ।
अण्डा उत्पादन पनि नेपालीको आवश्यकता भन्दा बढी उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । वार्षिक नेपालीका लागि न्यूनतम १ अर्ब ३५ करोड गोटा अण्डा आवश्यक भएपनि १ अर्ब ४१ करोड गोटा उत्पादन भएको छ ।
यस्तै नेपालीको वार्षिक दूध न्यूनतम आवश्यकता २५ लाख ९४ हजार मेट्रिक टन रहेकोमा २४ लाख ९८ हजार मेट्रिक टन उत्पादन भइरहेको छ ।
माछातर्फ नेपालीलाई १ लाख १० हजार मेट्रिक टन आवश्यक भएपनि १ लाख १४ हजार मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
कृषि तथा पशु विकास मन्त्रालयका अनुसार वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्नेमा ८६ लिटर उपलब्धता रहेको, वार्षिक १४ किलो माछा मासु आवश्यक पर्नेमा हाल वार्षिक २१ किलो उपलब्धता भइरहेको र वार्षिक अण्डा ४८ गोटा आवश्यक पर्नेमा ४८ गोटा नै उपलब्धता हुने अवस्था रहेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण