गाजामा २४ घण्टामा १८७ जनाको मृत्यु
शनिबार, १४ पुस २०८०, १७ : ३७
गाजा । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली वायुसेना र नौसेनाले गाजा पट्टीमा धेरै लक्ष्यहरूलाई निशाना बनाएको बताएको छ। सेनाका अनुसार इजरायली सैनिकहरू 'भीषण लडाइँ'मा संलग्न छन्।
आइडीएफका अनुसार इजरायली सेनाले पछिल्ला भिडन्तहरूमा 'दर्जनौँ विद्रोहीहरू' मारेका छन्। सेनाले उत्तरी गाजामा हमासले प्रयोग गरिरहेको दुईवटा भवन भत्काएको सेनाले जनाएको छ।
यसअघि गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा भएको आक्रमणमा १८७ जनाको मृत्यु भएको जनाएको थियो । दक्षिणी गाजामा गएराति ठुलो हमला भएको पनि जानकारी दिइएको छ । खान युनिसमा इजरायली ट्याङ्कहरूबाट गोलाबारी र बमबारीको आवाज गुन्जिरहेको थियो। समाचार एजेन्सी रोयटर्सले दक्षिणी गाजाका तस्बिरहरू जारी गरेको छ, जसमा बाक्लो धुवाँको मुस्लो बस्तीहरूमाथि उठिरहेको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण