पाकिस्तानमा सुरक्षा बलद्वारा ५ जना आतङ्ककारी मारिए
शनिबार, १४ पुस २०८०, १९ : २१
इस्लामावाद । पाकिस्तानी सुरक्षा बलले आदिवासीको घनत्व रहेको उत्तरी वजिरिस्तान जिल्लामा गरेको कारबाहीका क्रममा पाँच जना आतङ्ककारी मारिएको जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले उत्तरपश्चिमी खैबर पाकिस्तानको उत्तर वजिरिस्तानको मीर अली क्षेत्रमा गोप्य सूचनाका आधारमा कारबाही सञ्चालन गरेको बताएको छ ।
सो क्रममा दोहोरो गोली हानाहान भएको र आतङ्कारीका कमाण्डर रहजेब उर्फ खोरे सहित अन्य आतङ्ककारी मारिएको बताइएको छ ।
आईएसपीआरका अनुसार आतङ्ककारीहरू सर्वसाधारण र सुरक्षा बलमाथि आक्रमणमा संलग्न रहेको र नागरिकहरूबाट पैसा असुली गर्ने काममा समेत संलग्न तहेको बुझिएको छ । कारबाहीका क्रममा आतङ्ककारीहरूबाट हातहतियार र गोलाबारुद पनि बरामद भएको आईएसपीआरले जनाएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण