क्राइम सिरिज ‘आरती’ काे प्रिमियर
काठमाडौंँ । क्राइममा आधारित वेब सिरिज ‘आरती’ को नेपाली संस्करण प्रिमियर गरिएको छ । काठमाडौँको अर्किड इन्टरनेशनल कलेजमा संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवलकिशोर साहको उपस्थितिमा सिरिज प्रिमियर गरिएको हो । प्रिमियर सिरिजको तीन एपिसोड देखाइएको थियो ।
प्रिमियरमा ब्रीज वाटर कलेजका प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दाहाल, सिने म्याटोग्राफर निरज कँडेल, अभिनेता मुकन भुषाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, सामाजिक अभियन्ता पुण्य गौतम, वरिष्ठ कलाकार नवीन श्रेष्ठ, पूर्व प्रहरी नायब उपरीक्षक चन्द्रनारायण यादव, नेत्रज्योति संघका अध्यक्ष डा. शैलेश मिश्र, गायक सन्तोष सानु, लाफमाण्डुका निर्देशक रूपेश घिमिरे लगायतको सहभागिता रहेको थियो ।
सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरिप्रसाद कँडेल र संसार अधिकारीको अभिनय छ । रोशन दासको कथा र निर्देशनमा बनेको सिरिजको छायांकार नितेश घतान हुन् । आशिस दास निर्माता रहेको सिरिजको सहनिर्माता रितादेवी हुन् ।
कार्यक्रमका पूर्वमन्त्री शाहले सिरिजले सत्ताको दुरुपयोग गर्नेहरू र ढिला गतिमा हिँड्ने न्यायालयलाई सजग गर्ने बताए । कार्यक्रममा शाहले कलाकारलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए । नेपाली र मैथिली गरी दुईवटा भाषामा निर्माण भएको सिरिजले बलात्कार र महिला हिंसाको कथा बनाएको छ । ‘आरती’ पुस १६ देखि प्रसारणमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण