आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अभिनय र कमेडी च्याम्पियनमार्फत ऋचा शर्माको सक्रियता

आइतबार, १५ पुस २०८०, १३ : ३७
आइतबार, १५ पुस २०८०

काठमाडौँ । अभिनेत्री ऋचा शर्माको गत असोज २६ मा रिलिज ‘कौसिद’पछि कुनैपनि फिल्म आएको छैन । आमा बनेपछि फिल्म अभिनयबाट केही समय टाढा रहेको कारण उनका फिल्म कमी भएको हो । उनी अब भने सक्रिय हुने भएकी छन् ।  

ऋचा यतिबेला बेड रेष्टमा पनि छिन् । हालै थाइराटको सर्जरी गराएको कारण उनी रेष्टमा बसेकी हुन् । रेष्टकै समय उनले ‘कमेडी च्याम्पियन’ नयाँ सिजनको जज र केही फिल्म अभिनयका लागि स्क्रिप्ट अध्ययन गरिन् । 

जसमध्ये एक फिल्म अभिनय गर्ने निश्चित समेत भैसकेको छ । निर्माण युनिटले फिल्मको मुर्हूत अगाडि नाम सार्वजनिक नगर्ने योजना बनाएकोले उनले नाम भने बताइनन् ।

‘मेरो अबको योजना केही फिल्म अभिनय र कमेडी च्याम्पियनको जज हो’, ऋचाले भनिन्, ‘त्यसपछि पहिले झैँ विभिन्न काममा सक्रिय हुनेछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप