अभिनय र कमेडी च्याम्पियनमार्फत ऋचा शर्माको सक्रियता
आइतबार, १५ पुस २०८०, १३ : ३७
काठमाडौँ । अभिनेत्री ऋचा शर्माको गत असोज २६ मा रिलिज ‘कौसिद’पछि कुनैपनि फिल्म आएको छैन । आमा बनेपछि फिल्म अभिनयबाट केही समय टाढा रहेको कारण उनका फिल्म कमी भएको हो । उनी अब भने सक्रिय हुने भएकी छन् ।
ऋचा यतिबेला बेड रेष्टमा पनि छिन् । हालै थाइराटको सर्जरी गराएको कारण उनी रेष्टमा बसेकी हुन् । रेष्टकै समय उनले ‘कमेडी च्याम्पियन’ नयाँ सिजनको जज र केही फिल्म अभिनयका लागि स्क्रिप्ट अध्ययन गरिन् ।
जसमध्ये एक फिल्म अभिनय गर्ने निश्चित समेत भैसकेको छ । निर्माण युनिटले फिल्मको मुर्हूत अगाडि नाम सार्वजनिक नगर्ने योजना बनाएकोले उनले नाम भने बताइनन् ।
‘मेरो अबको योजना केही फिल्म अभिनय र कमेडी च्याम्पियनको जज हो’, ऋचाले भनिन्, ‘त्यसपछि पहिले झैँ विभिन्न काममा सक्रिय हुनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण