आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ : सभामुख

आइतबार, १५ पुस २०८०, १५ : २१
आइतबार, १५ पुस २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन् । आइतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताए । उनले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गरे । उनले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए । गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको बताए ।

सभामुख घिमिरेले अरु क्षेत्रको अनुसन्धानमा महत्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप