नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ : सभामुख
आइतबार, १५ पुस २०८०, १५ : २१
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन् । आइतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताए । उनले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गरे । उनले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए । गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको बताए ।
सभामुख घिमिरेले अरु क्षेत्रको अनुसन्धानमा महत्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण