शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष २०२४ को भव्य स्वागत, तस्बिरमा हेर्नुहोस् आतिशबाजी

आइतबार, १५ पुस २०८०, २२ : ३०
आइतबार, १५ पुस २०८०

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२४ को भव्य स्वागत गरिएको छ । समाचारअनुसार नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको थियो ।

यस अवधिमा हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८.५ टन आतिशबाजी गरिएको जनाइएको छ ।  यो आतिशबाजीको तयारी विगत १५ महिनादेखि चलेको थियो । जुन आतिसबाजी १२ मिनेटसम्म चलेको थियो।

अष्ट्रेलियामा पूर्वी शहर सिड्नी, क्यानबेरा र मेलबोर्न नयाँ वर्ष आयोजना गर्ने पहिलो शहर हुन् । नयाँ वर्षको विश्वमै पहिलो स्वागत भने टापु देश किरिबाटीमा गरिएको थियो । 

यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई धुमधामका साथ स्वागत गरियो । अकल्याण्डको स्काई टावरमा नयाँ वर्षको स्वागत गर्दै शानदार आतिशबाजी भएको थियो।

सिड्नीमा मनाइएका उत्सवका केही तस्बिरहरूः

05e15357-f0cb-4275-ac59-690f58c01e1a7ed4ee40-88a2-40dd-89c2-b502314bbb7a53cec114-4a2f-4c35-9337-21c44134d92bbece3869-f7d4-4b26-853c-e093db491600f40af093-b09e-45f7-8d82-7bae5111f121

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप