नेपालमा अन्तर्राष्ट्रियस्तरको पशुधन अनुसन्धान संस्थान स्थापना हुने
काठमाडौँ । अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) को शाखा कार्यालय नेपालमा पनि स्थापना हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले यही वर्ष सो संस्थानको कार्यालय सञ्चालन हुने बताए ।
‘अन्तर्राष्ट्रियस्तरको पशुधन अनुसन्धान संस्थान नेपालमा स्थापना हुनु हाम्रो लागि ठुलो उपलब्धि हुने छ,’ उनले भने, ‘नेपालको पशु क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउने र यसबाट किसानको आर्थिक स्थिति सुधार गर्ने, मुख्य उद्देश्य छ ।’
आइएलआरआईले विगत तीन–चार वर्षदेखि नेपालमा स्थापनाका लागि अनौपचारिक रूपमा प्रयास गरेको थियो । यो वर्ष सरकारले नेपालमा सो संस्था सञ्चालनको अनुमति दिएसँगै नेपालमा सो संस्था स्थापना हुने बाटो खुलेको हो ।
अन्तर्राष्ट्रियस्तरमा पशुचौपायाको वृद्धि विकास, प्रवर्द्धन, अनुसन्धान लगायत कार्य गर्दै आएको छ । यसले नेपाललाई पनि फाइदा हुने पौडेलले उल्लेख गरे ।
नेपाल लगायत केही राष्ट्रहरूलाई सो संस्थाले पशु क्षेत्रको वृद्धि विकासका लागि सहयोग गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण