१० औँ दिनमा ६०० करोड भारु नजिक सालारको कमाई
नयाँ दिल्ली । नयाँ वर्षबिच बक्स अफिसमा प्रभास र पृथ्वीराज सुकुमारनको फिल्म सालारको जादु जारी छ । फिल्म रिलिज भएको १० औँ दिनमा कलेक्सन ६०० करोड भारु नजिकै पुगेको छ । फिल्मको वर्ल्र्डवाइड कलेक्सन ५७८ करोड भारु छ । नयाँ वर्षको बिदालाई मानिसहरू हलमा फिल्म हेरेर बिताइरहेका छन् ।
यो फिल्मले प्रभासको करियरलाई नयाँ दिशा दिएको छ । यसअघि उनले ब्याक टू ब्याक फ्लप फिल्म दिएका थिए । सालारको रूपमा उनले ६ वर्षमा पहिलो पटक ब्लकबष्टर फिल्म पाएका छन् । फिल्ममा सुकुमारनको पनि मुख्य भूमिका रहेको छ । फिल्मको निर्देशन केजीएफबाट चर्चित बनेका निर्देशक प्रशान्त नीलले गरेका हुन् । रिलिज अघि मान्छेहरूले फिल्मबारे नेगेटिभ प्रतिक्रिया दिएका थिए ।
तर गएको १० दिनयता फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सालारः पार्ट १–सीजफायर डिसेम्बर २२ मा रिलिज भएको थियो । प्रदर्शनको दोस्रो हप्तामा फिल्मले ५७५ करोड भारुभन्दा धेरैको कमाई गरेको छ । फिल्म तेलुगुबाहेक कन्नड, तमिल, मलयालम र हिन्दी सिनेमा हलमा रिलिज भएको छ ।
फिल्मले पहिलो र दोस्रो दिन १७६ करोड ५३ लाख र १०१ करोड ३९ लाख भारु कमाएको थियो । फिल्मको ओपनिङले यो वर्ष आएको शाहरुख खानको दुई ब्लकबष्टर फिल्म पठान र जवानलाई समेत उछिनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण