साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य, संघको आपत्ति
काठमाडौँ । साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ । आजदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो ।
यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो ।
दूतावासको उक्त कदमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ । साउदी दूतावासले आर्थिक भार पार्न खोजेको भन्दै संघले आपत्ति जनाएको हो । दूतावासले नेपाली कामदारलाई बायोमेट्रिक गराएर थप आर्थिक भार पार्न खोजेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
भारत र बङ्गलादेशमा समेत यसअघि साउदीले बायोमेट्रिक लागू गर्न खोजेको थियो । भारत र बंगलादेशले विरोध भएपछि साउदी पछि हटेको थियो । ‘बायोमेट्रिकको नाममा श्रमिकहरू लामो समय काठमाडौँ बस्नुपर्छ । त्यसले उनीहरूको ठुलो खर्च हुन्छ । बायोमेट्रिक लागू गरेर दूतावासले सिन्डिकेट लाद्न खोजेको हो’ अध्यक्ष भण्डारीले भने ।
संघले बायोमेट्रिक लागू गरेपछि भिसाका लागि कामदार नपठाउन व्यवसायीहरूलाई अनुरोध गरेको छ । आजदेखि कुनै पनि व्यवसायीले भिसाका लागि फाइलहरू साउदी दूतावासमा पठाएको पाइए कारबाही गर्ने चेतावनी समेत संघले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण