शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था तथा सुशासन समिति बैठक

गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता : बालकुमारी घटनामा दोषी देखिएका सबैलाई कारबाही हुन्छ

सोमबार, १६ पुस २०८०, १३ : २५
सोमबार, १६ पुस २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि नछाडिने र कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको र त्यसले छानबिनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू सबैलाई कारबाही हुने बताएका हुन् । 

‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानुनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु’, उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठको प्रतिबद्धता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप