सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा गृहमन्त्री श्रेष्ठ र भौतिक मन्त्री ज्वालाको पुत्ला दहन

सोमबार, १६ पुस २०८०, १४ : ५०
सोमबार, १६ पुस २०८०

सुर्खेत । सुर्खेतमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाको पुत्ला दहन गरिएको छ । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि ‘युवा विद्रोही’ समूहले मन्त्री श्रेष्ठ र ज्वालाको पुत्ला जलाएको हो । 

दिउँसो १२ बजेदेखि  ‘युवा विद्रोही’ समूहले प्रशासन अगाडि आन्दोलन चर्काइरहेका छन् । बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर शनिबारदेखि वीरेन्द्रनगरमा लगातार आन्दोलन भइरहेको छ । आन्दोलनकारीले गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा समेत माग गरेका छन् । 

यस्तै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप