सुर्खेतमा गृहमन्त्री श्रेष्ठ र भौतिक मन्त्री ज्वालाको पुत्ला दहन
सुर्खेत । सुर्खेतमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाको पुत्ला दहन गरिएको छ । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि ‘युवा विद्रोही’ समूहले मन्त्री श्रेष्ठ र ज्वालाको पुत्ला जलाएको हो ।
दिउँसो १२ बजेदेखि ‘युवा विद्रोही’ समूहले प्रशासन अगाडि आन्दोलन चर्काइरहेका छन् । बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर शनिबारदेखि वीरेन्द्रनगरमा लगातार आन्दोलन भइरहेको छ । आन्दोलनकारीले गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा समेत माग गरेका छन् ।
यस्तै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण