प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
सोमबार, १६ पुस २०८०, २० : २४

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र चोक बहादुर ढकाललाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् । उनी पौष १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए ।
सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीहरु क्रमशः कमल बानिया पिएच.डी, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश