राष्ट्रिय वाणिज्य बैंकसहित यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । राष्ट्रिय वाणिज्य बैंक, जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो ।
यी पाँच वटै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । आजसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्ने बताइएको छ । राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत नगद वितरण गर्ने भएको छ ।
जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३ प्रतिशत नगद वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै, कालिका पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ नगद लाभांश (कर प्रयोजन) गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरि, युनिभर्सल पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण