शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आईसीसीको चेतावनीपछि ख्वाजालाई प्रधानमन्त्रीको प्रशंसा

मङ्गलबार, १७ पुस २०८०, १० : ३४
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चेतावनी दिए पनि आफ्नो पछिल्लो गतिविधिलाई लिएर अस्ट्रेलियन क्रिकेट टोलीका खेलाडी उसमान ख्वाजाले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजबाट भने गतिलो प्रशंसा बटुलेका छन् ।

अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनीले मानवताको पक्षमा आवाज उठाएर ख्वाजाले प्रशंसनीय काम गरेको धारणा व्यक्त गरेका छन् । पछिल्लो समय अस्ट्रेलियन क्रिकेटर ख्वाजा खेलका क्रममा पाखुरामा कालो पट्टी बाँधेपछि विवादमा परेका छन् ।

ख्वाजालाई आईसीसीले चेतावनी पनि दिइसकेको छ । ३७ वर्षीय ख्वाजा पाकिस्तानविरुद्धको पहिलो टेस्टका क्रममा पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । गाजामा सर्वसाधारणमाथि भइरहेको आक्रमणको विरोध गर्दै उनले पाखुरामा कालो पट्टी बाँधेका थिए ।

आईसीसीले ख्वाजामाथि पोसाक सम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाएको छ । आईसीसीले ख्वाजालाई आगामी दिनमा यस्तो गतिविधि नदोहो¥याउन पनि चेतावनी दिएको छ । आईसीसीको अनुमति नलिई खेलका क्रममा खेलाडीले आफ्नो पोसाकमा कुनै परिवर्तन गर्न पाउँदैन ।

इजराइल–गाजा द्वन्द्वका क्रममा हालसम्म गाजामा करिब २२ हजार सर्वसाधारणको मृत्यु भइसकेको समाचारहरूले जनाएका छन् । हमासले गत अक्टोबर ७ तारिखमा इजरायलमा रकेट आक्रमण गरेको थियो । त्यसको जवाफमा इजरायलले लगातार गाजामा आक्रमण गरिरहेको छ । 

आईसीसीको नियमअनुसार, अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा कुनै पनि खेलाडीले राजनीति, धार्मिक, जातीय र रंगभेदी ब्यवहार दर्साउने गतिविधि गर्न पाउँदैनन् । पाकिस्तानको इस्लामाबादमा जन्मिएका ख्वाजाले भने आफूले मानवताको समर्थन गर्दै हातमा कालो पट्टी बाँधेको दाबी गरेका छन् ।

ख्वाजाले अहिले पनि गाजाका सर्वसाधारणको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । ‘सबैको जीवन बराबर हो अनि, स्वतन्त्रता मानवअधिकारको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो’ भन्दै उनले गाजाका सर्वसाधारणको पक्षमा उभिन आव्हान पनि गरेका छन् ।

‘म ख्वाजालाई बधाइ दिन चाहन्छु । उनले कम्तीमा पनि मानवताको पक्षमा उभिने हिम्मत देखाएका छन् । यो हिम्मतका लागि हामीले उनलाई धन्यवाद दिनै पर्छ,’ नयाँ वर्षको उपलक्ष्यमा अस्ट्रेलियन क्रिकेट खेलाडीसँगको भेटका क्रममा प्रधानमन्त्रीले भनेका छन् ।

अस्ट्रेलिया र पाकिस्तानबिचको तेस्रो टेस्टको पूर्वसन्ध्यामा अस्ट्रेलियन प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रात्रि भोजको आयोजना पनि गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप