घाइते मितोमालाई जापानले टोलीमा राखेपछि ब्राइटनका प्रशिक्षक रुष्ट
काठमाडौँ । जापानले घाइते खेलाडी काओरु मितोमालाई एसियन कपका लागि राष्ट्रिय टोलीमा समावेश गरेपछि इङ्लिस प्रिमियर लिग क्लब ब्राइटनका प्रशिक्षक रोबर्टो डी जेर्बी रुष्ट बनेका छन् । २६ वर्षीय जापानी विंगर मितोमा ब्राइटनबाट ब्यवसायिक फुटबल खेल्छन् ।
प्रशिक्षक रोबर्टोले घाइते खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिनु आश्चर्यजनक भएको टिप्पणी पनि गरेका छन् । प्रिमियर लिगअन्तर्गत डिसेम्बर २१ तारिखमा खेलिएको क्रिस्टन प्यालेसविरुद्धको खेलका क्रममा मितोमा घाइते भएका थिए ।
मितोमाको खुट्टाको गोली गाँठोमा गम्भीर चोट लागेको छ । मितोमा ६ साताभन्दा लामो समय मैदानबाहिर रहने चिकित्सकहरुले जनाएका छन् । जापानले आगामी एसियन कपका लागि सोमबार राति घोषित अन्तिम टोलीमा मितोमालाई पनि समावेश गरिएको छ ।
एसियन कप जनवरी १२ देखि फेब्रुअरी १० तारिखसम्म कतारमा आयोजना हुँदैछ । ‘चिकित्सकहरुले मितोमा चोटका कारण अझै ६ साता मैदानबाट बाहिरि रहने बताएका छन् । तर, जापानले उनलाई एसियन कपका लागि राष्ट्रिय टोलीमा समावेश गरेको छ । मेरा लागि यो आश्चर्यको विषय हो,’ प्रशिक्षक रोबर्टोले भनेका छन् ।
प्रशिक्षक रोबर्टोले यस्तो अवस्थामा मितोमालाई मैदानमा ओराल्नु उनको भविष्यसँग खेलवाड गर्नुजस्तै भएको धारणा पनि ब्यक्त गरेका छन् । ‘उनले कुनै पनि हालतमा एसियन कप खेल्न सक्दैनन् । जबरजस्ती उनलाई मैदानमा ओराल्नु भनेको उनको भविष्यसँग खेलवाड गर्नु हो,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण