गाजाको युद्ध सन् २०२४ सम्म जारी रहने इजरायलको आङ्कलन
तेल अभिभ । इजरायलको सेनाले गाजामा जारी द्वन्द्व सन् २०२४ को अन्त्यसम्म जारी रहनसक्ने बताएको छ । नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ताले ‘लामो संघर्ष’ को तयारीका लागि सेनाको परिचालनलाई मिलान गर्न थालिएको बताएका हुन् ।
ड्यानियल हागरीले केही सैनिक, विशेष गरेर रिसर्भ फोर्स, लाई फिर्ता बोलाएर उनीहरुलाई पुनः एकीकृत गरिने बताए । सन् २०२४ मा युद्धलाई निरन्तरता दिनका लागि योजना बुन्न र तयारी गर्न यो नीति अख्तियार गरिएको उनको भनाई छ ।
‘आईडीएफले आउने थप मिसन र वर्षभर जनासक्ने युद्धलाई मध्यनजरले आफ्नो योजना तर्जुमा गर्नुपर्छ,’ हागरीले भने । उनले रिजर्भ फोसका सैनिकहरूलाई चाँडोमा यो हप्ताभित्र फिर्ता बोलाइने बताए । यसले उनीहरु आगामी कारबाहीका लागि पुनः तयार हुने उनको भनाई थियो ।
अक्टोबर ७ यता गाजामा २१ हजार, ९७८ जनाको मृत्यु भइसकेको छ । यसमध्ये धेरै महिला र बालबालिका रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यही अवधिमा ५६ हजार ६९७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १५६ जनाको मृत्यु भएको छ भने २४६ जना घाइते भएको छन् ।
हमासको चरमपन्थी समूहले अक्टोबर ७ मा इजरायलमाथि गरेका आक्रमणपछि इजरायलले गाजामा भीषण कारबाही गर्दै आएको छ । सो आक्रमणमा १२ सय जनाको मृत्यु भएको थियो भने करिब २४० जनालाई बन्धन बनाएर गाजा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण