ट्रेड युनियन कांग्रेसले भन्यो– विद्युत महसुल विवादले श्रमिकको काम नरोकियोस्
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न उद्योग प्रतिष्ठानहरु र नेपाल विद्युत प्राधिकरणबिच विद्युत महसुलको विषयलाई लिएर भएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै आम श्रमिकहरु मारमा नपर्ने गरी विद्युत महसुल विवादित टुंग्याउन आग्रह गरेका हुन् ।
उद्योग, प्रतिष्ठानहरु बिजुलीको महसुल तिर्न नसक्ने भनिरहेका छन् भने प्राधिकरणले महसुल नतिर्ने उद्योग प्रतिष्ठानहरुको बिजुली काटिन थालेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो दुवै निकाय, उद्योग तथा प्रतिष्ठान र प्राधिकरणलाई प्रश्न छ, यति लामो समयसम्म बिजुलीको महसुल भुक्तान गराउन प्राधिकरण किन अग्रसर भएन ? यति लामो समयसम्म उद्योग प्रतिष्ठानहरुले पनि किन बिजुलीको महसुल तिरेनन् ?’
उद्योग प्रतिष्ठानहरु र प्राधिकरणबिच भएको विवादको सत्यतथ्य छानविन र सरोकारवाला पक्षहरु समेतलाई राखी तत्काल समस्याको समाधान निकाल्न ट्रेड युनियन कांग्रेसले सरकारलाई अनुरोध गरेको छ । श्रमिकहरुलाई काम गर्ने अधिकारबाट बञ्चित नगराउन सम्बन्धित सबै पक्षमा राईले अनुरोध गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण