आरती साहका लागि न्याय माग्दै प्रदर्शन गर्नेहरु पक्राउ
काठमाडौँ । आरती साहको पक्षमा न्याय माग्दै मानवअधिकार आयोग अगाडी प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी कृतिका यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्ता रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।
अभियानकर्मी कृतिका यादवले भनिन्– ‘आरती साहका आमाबुवा २०१ दिनदेखि न्याय माग्दै धर्ना बस्दै आइरहेका छन्, न्याय दिनुको सट्टा उहाँहरुलाई विभिन्न ठाउँबाट धम्की आइरहेको कारण आरती साहको न्याय तथा परिवारको रक्षाका लागि हामीले प्रदर्शन गरेका थियौं ।’
_2M8rtKH8XM.jpg)
सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएको छ । मानवअधिकार आयोगले अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएको भन्दै त्यसको विरोधमा पनि त्यहाँ प्रदर्शन गरिएको उनले बताइन् । दाइजोको निहुँमा छोरी आरती साहको हत्या गरेको उनका आमा–बुवाले दावी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण