मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसद खड्काको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् । आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् ।
रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको आरोप लगाउँदै मन्त्रालय पुगेका उनले ढिलासुस्तीप्रति तीव्र आक्रोश पोखे । सो क्रममा उनको मन्त्रीदेखि सचिवसँग चर्काचर्की परेको बताइएको हो ।
आफ्नो काम अझैपनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उनले सञ्चारकर्मीलाई बताए ।
‘४ वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो । तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो’, उनले भने, ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’
रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै उनले राजधानीमा बन्न लागेको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताए ।
‘सबै निकायबाट स्वीकृति भयो । कार्यविधि भएन रे । आज ४ महिना भयो पेनाल्टी तिरेको । अहिले भन्सारबाट त्यही ईआईए प्रतिवेदन नभएकाले सामान निकाल्न पाएको छैन’, उनले भने । उनले ऐन कानुन संशोधन गर्नुपर्छ भने गरिनुपर्ने भन्दै आफू सांसद पनि भएकाले सहजीकरण गर्न तयार भएको बताए ।
उनले काम नहुने भए सबै फाइल च्यात्न तयार रहेको भन्दै नभएको काम नभएमा अनसन बसेर सरकारलाई दबाब दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण