आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप

मङ्गलबार, १७ पुस २०८०, १८ : ४०
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो । 

कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको हो ।

यसअघि उनीहरूका लागि आवेदन दिने समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

विभागको महानिर्देशकको निर्णय अनुसार उक्त म्याद २ दिन थप गरिएको हो । आवेदन आह्वान गरिएको पहिलो दिन पुस १६ गते प्राविधिक कारणले अनलाइनमा समस्या आएको थियो । त्यस्तै मानवीय समवेदनालाई समेत मध्यनजर गर्दै २ दिन म्याद थप गर्ने निर्णय गरिएको महानिर्देशक घिमिरेले बताए ।

आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै पानी जहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको थियो । त्यसपछि उच्च अदालतले इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो ।

यसअघि सन् २०२३ मा एउटा क्षेत्रमा आवेदन फारम भरेकाहरूलाई अर्कोमा भर्न नपाउने भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएको थियो । त्यो क्रममा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका थिए भने पानी जहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए । 

415981785_753910043432528_5706605644656611275_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप