त्रिविका कर्मचारीलाई नेविसंघ अध्यक्ष शेर्पाले लगाए फूलमाला
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुका कर्मचारीलाई फूलमाला लगाइदिएका छन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आन्दोलनमा ऐक्यवद्धता जनाउँदै अध्यक्ष शेर्पाले पनिकाका कर्माचारीलाई फूलमाला लगाइदिएका हुन् ।
नेविसंघले परीक्षा सह–नियन्त्रक, विभाग प्रमुख तथा कर्मचारीको अध्यक्ष गरेर १० जनालाई माला लगाएर सम्मानसहित धन्यवाद दिएको जनाएको छ ।
राम्रो काम गर्नेलाई सम्मानसहित धन्यवाद तथा अझै राम्रो गर्न प्रोत्साहन गर्न अनुरोध गर्दै फूलमाला लगाइदिएको नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले बताए ।
उनले भने, ‘उहाँहरुलाई हामीले सम्मान तथा धन्यवाद दिएका छौँ र आगामी दिनमा पनि प्रभावकारी काम गर्न प्रोत्साहन गरेका हौँ ।’ कोही कर्मचारीले सेवा प्रवाहमा अल्छी गरिरहेको भएपनि नेविसंघको यो कार्यले सकारात्मक प्रभाव पार्ने नेविसंघको दाबी छ ।
विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाबाट मेरिटका आधारमा उपकुलपति लगायतका पदाधिकारी तत्काल नियुक्त गर्नुपर्ने नेविसंघको माग छ ।
साथै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन, परीक्षा, नतिजा प्रकाशन, सर्टिफिकेट वितरण लगायतका सबै खाले ढिला सुस्तीको अन्त्यका लागि केन्द्रीय समितिको सहभागितामा बल्खु परीक्षा नियन्त्रण कार्यालय गेटमा धर्ना एवं दबाब कार्यक्रममा गरेको छ।
स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस समितिले आयोजना गरेको विरोध कार्यक्रममा सांकेतिक विरोध स्वरुप राम्रो कार्यसम्पादन गर्ने कर्मचारीका लागि सम्मान र कार्यसम्पादन ढिला सुस्तीका विरुद्ध उनले फूलमाला लगाइ दिएका थिए ।
त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विभिन्न माग राख्दै एक हप्तादेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा धर्ना दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण