यश कुमारको गीत ‘तिमी छौ र त’ सार्वजनिक, भिडियोमा के छ ?
काठमाडौंँ । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक भयो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती लगायतकामे उपस्थितीमा गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा मन्त्री किरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने बताए ।
‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भने, ‘यसलाई मनोरंजनको रुपमा मात्र लिनु हुँदैन ।’ उनले मनाङ्ग र मुस्ताङ्गमा बढेको पर्यटक नेपाली गीतसंगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकसित गर्नुपर्ने धारणा राखे ।
गायक यश कुमारले गीतसंगीतको माध्यमबाट मनोरञ्जनसँगै संदेश प्रभाव गर्न खोजेको बताए । ‘मैले सुरुआती समयदेखी नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने ।
भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारको अभिनय छ । गीतको भिडियोमा ब्राहामण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको पे्रम बुनिएको छ । गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह गरेका छन् ।
तर भिडियोमा केटा र केटीका बाबुले जात र धर्मलक्षित आपत्तिजनक शब्दहरु बोलेको समेटिएको छ । केटीका बुवाले केटीलाई ‘तँ सुँगुरको मासु खानेकी छोरीलाई घरमा भित्र्र्याएर मेरो संस्कारलाई जुठो बनाउँछु र’ भनेका छन् भने केटाका बुवाले ‘तँ पशुको मुत खाने चोखो, म मासु खाने जुठो’ भन्ने जस्ता शब्द राखिएका छन् । यसले विवाद निम्त्याउन सक्छ ।
हुन गीत सार्वजनिक अगाडि यश कुमारले भिडियोको प्रोमो सार्वजनिक गरेका थिए । जसको सामाजिक संजालमा केहीले आलोचना भएको थियो । भिडियो विज्ञान राईले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण