शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्से सूचक २७ अंकले बढ्यो, ६ वटा कम्पनी सेयर मूल्यमा सर्किट

बुधबार, १८ पुस २०८०, १५ : २०
बुधबार, १८ पुस २०८०

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार झण्डै २८ अंकले वृद्धि भएको छ । यो साताको सुरुवाती दिनदेखिनै ओरालो लागिरहेको नेप्से सूचक बुधबार २७.९० अंकले बढ्दै २०५८ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक ३० अंकले घटेको थियो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७६ अंकले बढ्दै ३८४.२९ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

यता कारोबार अघिल्लो दिन बराबरकै हुँदै ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो ३० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो । 

आज १३ वटै उपसूचक धनात्मक हुँदै हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.०८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.७० प्रतिशतले, इन्भेटमेन्ट समूहको उपसूचक २.१४ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०८ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरु २ प्रतिशत कमले बढेका छन् । 

आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने दर्जन हाराहारी कम्पनीको मूल्य ८ प्रतिशतले माथिले बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप