नेप्से सूचक २७ अंकले बढ्यो, ६ वटा कम्पनी सेयर मूल्यमा सर्किट
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार झण्डै २८ अंकले वृद्धि भएको छ । यो साताको सुरुवाती दिनदेखिनै ओरालो लागिरहेको नेप्से सूचक बुधबार २७.९० अंकले बढ्दै २०५८ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक ३० अंकले घटेको थियो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७६ अंकले बढ्दै ३८४.२९ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यता कारोबार अघिल्लो दिन बराबरकै हुँदै ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो ३० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.०८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.७० प्रतिशतले, इन्भेटमेन्ट समूहको उपसूचक २.१४ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०८ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरु २ प्रतिशत कमले बढेका छन् ।
आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने दर्जन हाराहारी कम्पनीको मूल्य ८ प्रतिशतले माथिले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण