अमेरिकी लगानी बढाउन एमच्याम र उद्योग परिसंघबिच सहकार्य हुने
काठमाडौँ । नेपाल र अमेरिकाबिच व्यावसायिक वातावरण सुदृढ बनाउनका लागि सहकार्य गर्न अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) र नेपाल उद्योग परिसंघ (सीएनआई)बिच समझदारी भएको छ । नेपालमा अमेरिकाको लगानी अभिवृद्धि तथा सहकार्य गर्न एमच्याम र परिसंघबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरूबिच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्ताहरूलाई लगानी सम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्यहरू पूरा गर्न नीतिगत सुधारहरूको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।
बजारमा आधारित वित्तीय र गैर–वित्तीय सेवाहरूमा पहुँच वृद्धि गर्दै आइटी क्षेत्रहरूका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने समेत समझदारी पत्रमा उल्लेख छ । मंगलबार परिसंघको सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा एमच्यामका अध्यक्ष श्रेष्ठले उद्योगीहरूको साझा संस्था परिसंघसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रूपमा काम गर्ने बताए ।
परिसंघका अध्यक्ष अग्रवालले यो सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिक रूपमा जोड्न पुलको रूपमा काम गर्ने बताए । यो सहकार्यले ज्ञान सिपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटोहरू खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागी योगदान गर्न मद्दत गर्ने उनको भनाइ छ ।
दुई वर्षअघि स्थापना भएको एमच्याम नेपालले नेपालमा अमेरिकाको लगानी भित्र्याउनका लागि विभिन्न किसिमका कार्यक्रम तथा पहलहरू गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण