भूकम्प पीडितलाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण
जाजरकोट । जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाडालाई केन्द्रबिन्दु बनाइ कार्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावित बारेकोट गाउँपालिकाको वडा नम्बर -४ जिरिमा, सिटिजन लाइफ इन्स्येरेन्स कम्पनीले राहत सामाग्री र न्यानो कपडा वितरण गरेको छ । बारेकोट गाउँपालिका-४ जिरिका भगवती माध्यमिक विद्यालय र नौमुले प्राथमिक विद्यालयका कुल ४७९ विद्यार्थीहरूलाई ज्याकेट, टोपी र हाइनेक वितरण गरेको हो ।
जाजरकोट र जुम्लाको सिमाना पर्ने हिमालको काखैमा रहेको उक्त दुई विद्यालयको प्राङ्गणमा पुगी कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी, जाजरकोट शाखा प्रमुख गोविन्दबहादुर बुढा, एजेन्सी म्यानेजर पदम बहादुर बुढा र भवानी शाही को उपस्थितिमा वडा नम्बर ४ का वडाध्यक्ष विष्णुबहादुर रावत, बारेकोट गाउँपालिका शिक्षा शाखा प्रतिनिधि सुरेन्द्र पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर रावत लगायतको सहभागितामा राहत सामाग्री वितरण गरिएको थियो। सो अवसरमा कम्पनीले बीमा सचेतना पनि प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण