शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्पेनिस ला लिगा : सेल्टाभिगोले रियल बेटिसलाई हरायो

बिहीबार, १९ पुस २०८०, ०८ : ४९
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनबाट बाहिर निस्कन संघर्ष गरिरहेको सेल्टाभिगो विजयी भएको छ । बुधबार राति भएको खेलमा सेल्टाभिगोले सातौँ स्थानमा रहेको रियल बेटिसमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।

रियल बेटिसले छैटौँ मिनेटमा अग्रता लिएको थियो । उसका एइटोर रुबेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १६ औं मिनेटमा सेल्टाभिगोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । सेल्टाभिगोका लागि इयागो एस्पास जंकलले गोल गरेका हुन् ।

१–१ गोलको बराबरीतर्फ उन्मुख खेलमा सेल्टाभिगोले दोस्रो आफको पनि अतिक्ति समयमा गोल गरेको थियो । विलियम स्वेडवर्गले गोल गरेपछि सेल्टाभिगोले २–१ गोलको जितका साथ स्पष्ट ३ अङ्क लिन सफल भयो ।

जितपछि सेल्टाभिगो ल लिगाको तालिकामा १७ औं स्थानमा उक्लिएको छ । यसैगरी रियल बेटिस २८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप