स्पेनिस ला लिगा : सेल्टाभिगोले रियल बेटिसलाई हरायो
बिहीबार, १९ पुस २०८०, ०८ : ४९
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनबाट बाहिर निस्कन संघर्ष गरिरहेको सेल्टाभिगो विजयी भएको छ । बुधबार राति भएको खेलमा सेल्टाभिगोले सातौँ स्थानमा रहेको रियल बेटिसमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।
रियल बेटिसले छैटौँ मिनेटमा अग्रता लिएको थियो । उसका एइटोर रुबेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १६ औं मिनेटमा सेल्टाभिगोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । सेल्टाभिगोका लागि इयागो एस्पास जंकलले गोल गरेका हुन् ।
१–१ गोलको बराबरीतर्फ उन्मुख खेलमा सेल्टाभिगोले दोस्रो आफको पनि अतिक्ति समयमा गोल गरेको थियो । विलियम स्वेडवर्गले गोल गरेपछि सेल्टाभिगोले २–१ गोलको जितका साथ स्पष्ट ३ अङ्क लिन सफल भयो ।
जितपछि सेल्टाभिगो ल लिगाको तालिकामा १७ औं स्थानमा उक्लिएको छ । यसैगरी रियल बेटिस २८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण