रियलको अपराजित यात्रा जारी
मड्रिड । एन्टोनियो रुडिगरको एकमात्र गोलको मद्दतले ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले मायोर्काविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।
यसअघि मायोर्काका लागि एन्टोनियो सान्चेज र सामु कोस्टाले गरेको प्रहार रियलको पोस्टमा लागेको थियो । यी मिस पाहुना टोलीका लागि महँगो बन्यो । खेलको ७८ औँ मिनेटमा रुडिगरले लुका मोड्रिचको क्रसलाई हेड गर्दै बललाई जाली चुमाए ।
रियलले सबै प्रतियोगिताका पछिल्ला १८ खेलमा अपराजित रहेको छ । जीतपछि रियलले केही समयका लागि शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाएको थियो । तर, ९१ औँ मिनेटमा गरेको गोलको मद्दतले एट्लेटिको मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदै जिरोनाले रियलसँगको अङ्क बराबरी गरेको छ ।
१९ खेलपछि रियल र जिरोना दुवैको ४८ अङ्क रहेको छ । रियल गोल अन्तरको आधारमा अघि रहेको छ । एट्लेटिको ३८ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण