लघुकथाः मखमली माया
अङ्ग्रेजी वर्षगाँठको समय थियो । एउटा साथीले जबर्जस्ती क्लबमा लग्यो । म पहिलो पटक पुगेको थिएँ । युवतीहरू जता धनको वर्षा उतै झुम्दारहेछन् । बत्तिको उज्यालोमा पुतली झुमेझैँ । मदिरामा लट्ठिएका लट्ठुहरू बेढङ्गका नाच नाच्दा रहेछन् ।
क्रिया गर्दा डोपामाइन, अक्सिटोसिन, एन्ड्रोफेन्स र सेराटोनिन जस्ता खुसी हुने हर्माेन निस्कन्छ भन्ने थाहा थियो । खुसी हुन म धक फुकाएर नाचे ।
‘कस्तो पाखे रहेछ । पहिलो पटक क्लब देखेको रहेछ । खाने, पिउने केही गरेन ।’ जाडोमा तिघ्रा देखाउँदै एउटा युवती च्वास्स पारिन् ।
भोलि पल्ट एउटा साहित्यिक कार्यक्रममा गएँ । हल चिनिनँ । झुक्किएर अर्कै हलका पुगेछु । भित्र मिस तथा मिस्टर नेपालको कार्यक्रम हुँदै रहेछ । केही प्रतिस्पर्धी क्लबमा देखेकै थिए । प्रायोजक क्लबमा खुवाउने र पियाउने थिए । दर्शक अस्ट्रेलिया तथा अमेरिका बसेर क्लब धाउने थिए ।
कार्यक्रम सभ्य थिएन । भव्य थियो । मैले हाइट मिलेकी नेपाली बहिनीलाई नेपाली पहिरनमा बफे डिनर भएको ठाउँमा उभिन आग्रह गरेँ । उनले त्यसै गरिन् । म पनि नेपाली पहिरनमा सजिएँ । सुन्दरताको विज्ञान बुझ्नु थियो । कार्यक्रम सकेर सबै बफेतिर लागे ।
सबै युवाका आँखा तिनै युवतीतिर ठोक्किए । केही धनाड्य युवतीका नजर मैतिर ठोक्किए । झोक्किँदै मिस नेपाल तथा मिस्टर नेपाल जित्ने युवती र युवा बोले, ‘रङ्ग न ढङ्गका लुगा लगाएका युवा र युवतीलाई किन जजहरू बारबार हेर्छन् ?’
एक बौद्धिक जजले मुसुमुसु हाँस्दै फड्काए, ‘के थाहा र ! यी नक्कल गर्ने बजारका मान्छेलाई असली माया ? फेसन मात्र नक्कल हो । असली माया त मखमली हुन्छ ।’
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण