शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लघुकथाः मखमली माया

बिहीबार, १९ पुस २०८०, ११ : ११
बिहीबार, १९ पुस २०८०

अङ्ग्रेजी वर्षगाँठको समय थियो । एउटा साथीले जबर्जस्ती क्लबमा लग्यो । म पहिलो पटक पुगेको थिएँ । युवतीहरू जता धनको वर्षा उतै झुम्दारहेछन् । बत्तिको उज्यालोमा पुतली झुमेझैँ । मदिरामा लट्ठिएका लट्ठुहरू बेढङ्गका नाच नाच्दा रहेछन् । 

क्रिया गर्दा डोपामाइन, अक्सिटोसिन, एन्ड्रोफेन्स र सेराटोनिन जस्ता खुसी हुने हर्माेन निस्कन्छ भन्ने थाहा थियो । खुसी हुन म धक फुकाएर नाचे । 
‘कस्तो पाखे रहेछ । पहिलो पटक क्लब देखेको रहेछ । खाने, पिउने केही गरेन ।’ जाडोमा तिघ्रा देखाउँदै एउटा युवती च्वास्स पारिन् । 

भोलि पल्ट एउटा साहित्यिक कार्यक्रममा गएँ । हल चिनिनँ । झुक्किएर अर्कै हलका पुगेछु । भित्र मिस तथा मिस्टर नेपालको कार्यक्रम हुँदै रहेछ । केही प्रतिस्पर्धी क्लबमा देखेकै थिए । प्रायोजक क्लबमा खुवाउने र पियाउने थिए । दर्शक अस्ट्रेलिया तथा अमेरिका बसेर क्लब धाउने थिए । 

कार्यक्रम सभ्य थिएन । भव्य थियो । मैले हाइट मिलेकी नेपाली बहिनीलाई नेपाली पहिरनमा बफे डिनर भएको ठाउँमा उभिन आग्रह गरेँ । उनले त्यसै गरिन् । म पनि नेपाली पहिरनमा सजिएँ । सुन्दरताको विज्ञान बुझ्नु थियो । कार्यक्रम सकेर सबै बफेतिर लागे ।


सबै युवाका आँखा तिनै युवतीतिर ठोक्किए । केही धनाड्य युवतीका नजर मैतिर ठोक्किए । झोक्किँदै मिस नेपाल तथा मिस्टर नेपाल जित्ने युवती र युवा बोले, ‘रङ्ग न ढङ्गका लुगा लगाएका युवा र युवतीलाई किन जजहरू बारबार हेर्छन् ?’ 

एक बौद्धिक जजले मुसुमुसु हाँस्दै फड्काए, ‘के थाहा र ! यी नक्कल गर्ने बजारका मान्छेलाई असली माया ? फेसन मात्र नक्कल हो । असली माया त मखमली हुन्छ ।’ 
हेलम्बु–६, सिन्धुपाल्चोक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप