सम्भव नेपालले गोरखाका ७ पालिकालाई दियो एम्बुलेन्स
पोखरा । सम्भव नेपाल नामक संस्थाले गोरखाका ७ वटा पालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकालाई एक एक थान एम्बुलेन्स र मेडिकल सामग्री सहयोग गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालिकाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उनले सामाजिक संस्थाले स्वास्थ्यका क्षेत्रमा गरेको साथ र सहयोग उल्लेख्य रहेको बताए । ‘सरकारले स्वास्थ्य र शिक्षामा विशेष जोड दिएको छ । हाम्रा सहयोगीहरूलाई पनि यो क्षेत्रमा साथ र सहयोग गर्न आग्रह गर्दर्छौं,’ उनले भने, ‘सम्भव नेपालले सरकारको अभियानमा साथ दिएको छ ।’ एम्बुलेन्ससँगै अक्सिजन सिलिन्डर सेट, स्ट्रेचर, सर्जिकल मास्क, ब्ल्यांकेट, एडल्ट डाइपर, हस्पिटल बेड सेट, स्पाइनल बोर्ड, फुट स्टेयर्स सहयोग गरिएको छ ।’
_NWlO9zpmSr.jpg)
यस्तै, बेडसाइट स्क्रिनिङ, ट्रली, स्टील दराज, मेडिकल रेफ्रिजेरेटर आइएलआर, सिरानी तन्ना, डेलिभरी बेड, हस्पिटल बेडसाइड लकर, ह्वील चेयर, इलेक्ट्रिक हिटर र ग्लब्स सहयोग गरिएको अध्यक्ष प्रेम खत्रीले जानकारी दिए ।
एम्बुलेन्स खरिद र हस्तान्तरणसम्म २ करोड ६८ लाख लगानी भएको उनको भनाई छ । ‘एम्बुलेन्सहरू सरकारले भन्सार छुट दिएको छ । नत्र यसको लागत निकै महंगो पर्थ्यो,’ उनले भने । एम्बुलेन्स सञ्चालनका लागि ४ जना स्वास्थ्यकर्मी समेत सम्भव नेपालले सहयोग गरेको छ । उक्त संस्थाले यसअघि पनि ६ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण