औसत कर्मचारीको वार्षिक तलब सीईओहरुले तीन दिनमै कमाइसक्छन्

लन्डन । बेलायतका ठूला कम्पनीका सीईओहरुले आम कर्मचारीहरुले वर्षभरिमा कमाउने तलब तीन दिनमै कमाइसक्ने एउटा प्रतिवेदनले देखाएको छ । यो वर्षभरि औसत फूल टाइम कर्मचारीले कमाउने तलब एफटीएसई १०० मा परेका कम्पनीका सीईओहरुले बिहीबार मध्याहन्नसम्म (नयाँ वर्षको तीन दिन) मा कमाइसक्ने हाइ पे सेन्टरले बताएको छ ।
पेन्सनसमेत शीर्ष हाकिमहरुको सेवा सुविधा वार्षिक औसत ३८ लाख १० हजार पाउन्ड छ । उनीहरुको कमाई प्रतिघन्टा तलब १ हजार १७० पाउन्ड छ । यो भनेको औसत फूल टाइम कर्मचारीको १०९ गुणा बढी हो । एफटीएसई ३५० मा सूचिकृत कम्पनीहरुका कार्यकारीहरुको औसत तलब १३ लाख २० हजार येन छ । अर्थात् औसत बेलायती कामदारहरुले वर्षभरिमा कमाउने रकम कमाउन भने यिनीहरुले जनवरी १० सम्ममा कुर्नुुपर्नेछ ।
शीर्ष बैंकरहरुले भने जनवरी १७ मा औसत कर्मचारीको कमाईलाई उछिन्नेछन् । यो हिसाब कम्पनीको वार्षिक प्रतिवेदनमा सार्वजनिक तलबमा आधारित भएको बताइएको छ । हाईपे सेन्टरका अनुसार सीईओहरु हप्तामा ६२ दशमललव २ घन्टा काम गर्छन् । यो भनेको दिनमा १२ दशमलव ५ घन्टा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?