औसत कर्मचारीको वार्षिक तलब सीईओहरुले तीन दिनमै कमाइसक्छन्
लन्डन । बेलायतका ठूला कम्पनीका सीईओहरुले आम कर्मचारीहरुले वर्षभरिमा कमाउने तलब तीन दिनमै कमाइसक्ने एउटा प्रतिवेदनले देखाएको छ । यो वर्षभरि औसत फूल टाइम कर्मचारीले कमाउने तलब एफटीएसई १०० मा परेका कम्पनीका सीईओहरुले बिहीबार मध्याहन्नसम्म (नयाँ वर्षको तीन दिन) मा कमाइसक्ने हाइ पे सेन्टरले बताएको छ ।
पेन्सनसमेत शीर्ष हाकिमहरुको सेवा सुविधा वार्षिक औसत ३८ लाख १० हजार पाउन्ड छ । उनीहरुको कमाई प्रतिघन्टा तलब १ हजार १७० पाउन्ड छ । यो भनेको औसत फूल टाइम कर्मचारीको १०९ गुणा बढी हो । एफटीएसई ३५० मा सूचिकृत कम्पनीहरुका कार्यकारीहरुको औसत तलब १३ लाख २० हजार येन छ । अर्थात् औसत बेलायती कामदारहरुले वर्षभरिमा कमाउने रकम कमाउन भने यिनीहरुले जनवरी १० सम्ममा कुर्नुुपर्नेछ ।
शीर्ष बैंकरहरुले भने जनवरी १७ मा औसत कर्मचारीको कमाईलाई उछिन्नेछन् । यो हिसाब कम्पनीको वार्षिक प्रतिवेदनमा सार्वजनिक तलबमा आधारित भएको बताइएको छ । हाईपे सेन्टरका अनुसार सीईओहरु हप्तामा ६२ दशमललव २ घन्टा काम गर्छन् । यो भनेको दिनमा १२ दशमलव ५ घन्टा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण