घटेर बन्द भयो नेप्से, साढे ५ अर्बको कारोबार
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८.७१ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घटबढ भएको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.४२ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।
यस क्रममा आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १२८ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको स्थिर छ । यस्तै, १ करोड ६० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्दा सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा समेत १० प्रतिशतको वृद्धि आएको छ । यसबाहेक, अन्य तीन कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।
परिसूचक घटेपनि आज ४ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । जलविद्युत कम्पनी समूह ४४ अंकले बढ्दा व्यापार समूहको सूचक ६६ अंकले बढेको छ । यस्तै, लगानी र म्यूचुअल फण्ड समूहमा समेत वृद्धि आएको छ ।
जीवन बिमा समूहमा सबैभन्दा धेरै १३७ अंकको गिरावट आएको छ भने निर्जीवन बिमा कम्पनी समूहको सूचकमा १०४ अंकको गिरावट आएको छ । यस्तै, अन्य समूहमा ५८ अंकको र विकास बैंक समूहमा ३२ अंकको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण