शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

घटेर बन्द भयो नेप्से, साढे ५ अर्बको कारोबार

बिहीबार, १९ पुस २०८०, १५ : ३४
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८.७१ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घटबढ भएको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.४२ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।

यस क्रममा आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १२८ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको स्थिर छ । यस्तै, १ करोड ६० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्दा सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा समेत १० प्रतिशतको वृद्धि आएको छ । यसबाहेक, अन्य तीन कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।

परिसूचक घटेपनि आज ४ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । जलविद्युत कम्पनी समूह ४४ अंकले बढ्दा व्यापार समूहको सूचक ६६ अंकले बढेको छ । यस्तै, लगानी र म्यूचुअल फण्ड समूहमा समेत वृद्धि आएको छ ।

जीवन बिमा समूहमा सबैभन्दा धेरै १३७ अंकको गिरावट आएको छ भने निर्जीवन बिमा कम्पनी समूहको सूचकमा १०४ अंकको गिरावट आएको छ । यस्तै, अन्य समूहमा ५८ अंकको र विकास बैंक समूहमा ३२ अंकको गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप